दमौलीमा खुल्यो तीन तारे स्तरको सुविधा सम्पन्न होटल

दमौलीमा खुल्यो तीन तारे स्तरको सुविधा सम्पन्न होटल

केन्द्रबिन्दु
87
Shares

तनहुँ । दमौलीमा तीन तारेस्तरको सिद्धार्थ होटल सञ्चालनमा आएको छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्ने सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो ।

करिब एक अर्ब रुपैयाँ लगानी भएको होटलमा सुविधासम्पन्न ३४ कोठा छन् । त्यसबाहेक करिब १ सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल रहेको ऐपेक्स हस्पिटालिटीका कार्यकारी प्रमुख सुशील न्यौपानेले बताए । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो ।

पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल २ हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने दमौलीको होटलमा ४० जनाले रोजगारी पाएका छन् ।

होटलमा न्यूनतम ५ हजारदेखि १५ हजार रुपैयाँसम्मका कोठा छन् । उद्घाटनको अवसरमा कोठामा ३० प्रतिशत र खानामा २० प्रतिशट छुटको व्यवस्था गरिएको जनाइएको छ । होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफे छन् । होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत छ ।

Skip This
Skip This
Logo