विदुर
नुवाकोटमा विहिबार बिहान विदुर नगरपालिका वडा नं ५ माझीटारस्थित पूर्णिमा अर्यालको घरमा आगलागी हुँदा करीब १५ लाख बराबरको क्षति भएको छ ।
घर धनी अर्याल आफन्तको वैवाहिक समारोहमा भाग लिन गएको र उहाँका दुई छोरा आफन्तको घरमा बसेका कारण कुनै मानवीय क्षति भने हुन पाएन । आगलागीका कारण अर्यालको नगद र सुनका गहनासहित करीब १५ लाख बराबरको क्षति भएको छ । आगलागी कति बजेदेखि शुरु भएको भन्ने यकिन नभए पनि छिमेकीले बिहान ५ बजे मात्र आगलागी भएको थाहा पाएका थिए ।
त्यसपछि स्थानीय र नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । आगलागीका कारण भूकम्पपछिको पुनःनिर्माणका लागि प्राप्त सरकारी राहतसमेतबाट निर्माण भएको भुइँतल्ले घर धेरै ठाउँमा चर्किएर बस्न अयोग्य बनेको स्थानीयले बताएका छन् ।
रासस































प्रतिक्रिया