काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । आजको बैठकले उपसभामुख इन्दिरा रानामगरको प्रकरणमा आफ्नो धारणा बनाउने तयारी रहेको नेताहरुको भनाई छ ।
उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणले मुलुकको शिर झुकाएको भन्दै सत्ता पक्ष हटाउने तयारीमा जुटेको छ । उनलाई पदीय आचरण अनुरुप कार्य नगरेको भन्दै पदमुक्त गराउने तयारीका साथ दुई तिहाइ सांसदको संख्या पुर्याउन हस्ताक्षर नै संकलन भइरहेको छ । जसको प्रतिपक्षी दल रास्वपाले विरोध गरिरहेको छ । त्यसबीच प्रमुख प्रतिपक्षीको हैसियतमा माओवादी केन्द्रले निर्णय लिन लागेको हो ।
संसदमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले रास्वपालाई साथ दिएको थियो । सांसद देवेन्द्र पौडेलले दुई तिहाइको बलियो सरकार उपसभामुख हटाउने एजेन्डामा प्रवेश गर्नु दुःखद भएको बताएका थिए । उनले दलहरूको कदम सुदृढ लोकतन्त्रविपरीत हुने बताए ।































प्रतिक्रिया