काठमाडौँ । नायिक बेनिसा हमालले लक्स भेरिएन्टको ओमोडा ई५ ईभी किनेकी छिन् । नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका अनुसार नेपाली बजारमा हाल ओमोडा ई५ का दुई भेरिएन्ट डिलक्स र लक्स उपलब्ध छन् । नायिका हमालले ओमोडा ई५ का दुई भेरिएन्ट मध्ये लक्स भेरिएन्ट किनेकी हुन् । मूल्य र फिचर तथा ब्रान्डका कारण सो गाडी आफूले रुचाएको नायिका हमालले बताएकी छिन् ।
ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । ओमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ ।
विश्व प्रसिद्ध चेरी ब्रान्डको सब–ब्रान्ड यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।





























प्रतिक्रिया