कश्मीर भिडन्तमा २ सैनिकको मृत्यु, २ घाइते

कश्मीर भिडन्तमा २ सैनिकको मृत्यु, २ घाइते

केन्द्रबिन्दु
54
Shares

कश्मीर । जम्मू–कश्मीरको किश्तवाडको चतारुमा शुक्रबार आतङ्कवादी र सुरक्षा बलबीच भिडन्त भएको छ । उक्त भिडन्तमा परी दुई सैनिकको मृत्यु भएको छ भने थप दुई सैनिक घाइते भएका छन् । मारिनेमा ह्वाइट नाइट कर्पसका नायब सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह रहेका छन् ।

घाइते थप दुई सैनिकको उपचार भइरहेको छ । पिंगनाल दुग्गडाको जंगलमा लुकेर बसेका ३–४ आतङ्ककारीलाई सुरक्षा बलले घेरेको छ । मुठभेड अझै जारी छ । जम्मू–कश्मीर विधानसभा चुनावको पहिलो चरणको मतदान सेप्टेम्बर १८ मा हुँदै छ । सुरक्षा निकायलाई अलर्टमा राखिएको छ ।

Skip This
Skip This
Logo