मोहना नदीले बगायो सशस्त्रको बीओपी भवन

मोहना नदीले बगायो सशस्त्रको बीओपी भवन

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बीओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।

नयाँ भवन बाढीले बगाएको छ भने पुरानो भवनसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले बताएका छन् ।

मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ ।

Skip This
Skip This
Logo