२२ अर्ब ऋणमा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट जम्मा सातवटा उडान

२२ अर्ब ऋणमा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट जम्मा सातवटा उडान

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । चीन सरकारको २२ अर्ब सहुलियत ऋण अनुदानमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा मात्र अन्तरराष्ट्रिय उडान भएका छन् । निर्माण सम्पन्न भएको दुई वर्ष पुग्नै लाग्दा जम्मा ७ वटा मात्र अन्तरराष्ट्रिय उडान भएको पाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०–८१) मा यो तथ्यांक उल्लेख गरिएको छ ।

दैनिक ६ वटा अन्तरराष्ट्रिय उडान गर्ने लक्ष्यका साथ निर्माण गरिएको यो विमानस्थल आर्थिक वर्ष २०७९–८० पुस १७ गते उद्घाटन गरिएको थियो । आर्थिक वर्ष २०७९–८० को पुसदेखि असार मसान्तसम्ममा २ वटा अन्तरराष्ट्रिय उडान भएका छन् । तर गत आर्थिक वर्ष २०८०–८१ मा ५० अन्तरराष्ट्रिय उडान गर्ने लक्ष्य राखिएकामा जम्मा पाँचवटा उडान भएका छन् ।

यता गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट गत आर्थिक वर्ष २०८०–८१ मा ३५० उडानको लक्ष्य राखिएकोमा १२० उडान मात्र भएको प्रतिवेदनमा उल्लेख छ ।

Skip This
Skip This
Logo