महाकालीमा बगेका दुई किशोरमध्ये एउटाको शव भेटियो, अर्का बेपत्ता

महाकालीमा बगेका दुई किशोरमध्ये एउटाको शव भेटियो, अर्का बेपत्ता

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाई र सोही ठाउँका १५ वर्षीय अबि दमाई दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन् ।

तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo