नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको १ खर्ब निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको १ खर्ब निक्षेप संकलन गर्दै

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा भएको १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बिहीबार मात्रै ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले निक्षेप संकलनको उपकरण प्रयोग गरेर बोलकबोलमार्फत आज फेरि केन्द्रीय बैंकले १ खर्ब रुपैयाँ तान्न लागेको हो ।

यसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ राख्न सक्नेछन् । यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज २० गते गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसमा वित्तीय संस्थाले आफूले राख्न चाहेको पैसा र ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।

Logo