काठमाडौँ
नेकपा नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देश तरङ्गित भएको छ । जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि विप्लवका नेताहरुले कडा प्रतिक्रिया दिएका छन् ।
विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले मंगलबारै सरकारले हठातरुपमा प्रबतिबन्ध लगाउँदै आपराधिक संगठन घोषणा गरेर महँगो निर्णय लिएको बताएका छन् । उनले यो निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् ।
‘सामाजिक फासी केपी–प्रचण्ड सरकारले जनताको पार्टी नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ, यसबाट प्रष्टरुपमा देशलाई दलाल बुर्जुवाहरुको सरकारले द्वन्द्वमा पु¥यायो’, उनले मंगलबार भनेका थिए, ‘यसबाट सरकारले दमनमा उत्रने बाटो खोलेको छ, यसको पार्टीले कडा प्रतिवाद गर्छ ।’
त्यस्तै विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सगरमाथा ब्यूरो इन्चार्ज दिपेश बान्तावा राईले सरकारको यो निर्णयबाट देशमा गृहयुद्ध निम्तने चेतावनी दिए ।
उनले सरकारको यो गलत चिन्तन र अराजनितिक सोचको भण्डाफोर गर्ने तयारीमा पार्टी जुटेको पनि जानकारी दिए । ‘हामी सरकारको यो निर्णयको राजनीतिक हिसाबले प्रतिवाद गर्छौँ’, उनले भने, ‘सरकार सच्चिएन भने स्थानीयस्तरमा उसलाई पनि प्रतिबन्ध लगाउँछौँ, स्थानीय तहमा सरकारको काम रोक्छौँ ।’
अन्नपूर्णबाट































प्रतिक्रिया