साँढे ३ करोड ठगी मुद्दामा गोपाल शिवाकोटीलाई पुर्पक्षको लागि जेल चलान

साँढे ३ करोड ठगी मुद्दामा गोपाल शिवाकोटीलाई पुर्पक्षको लागि जेल चलान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पोखरामा जलश्रोत विज्ञका रुपमा चिनिने डा. गोपाल शिवाकोटी (चिन्तन) लाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । उनलाई अदालतले ३ करोड ३५ लाख ठगी गरेको आरोपमा थुनामा पठाईएको हो ।

चिन्तनसहित नुवाकोटका अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको छ । यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

चिन्तन केहि समय अघि गोर्खाली भुपू सैनिकको मुद्दामा समेत विवादित बनेका थिए । उनी पृथ्वीनारायण क्याम्पस पोखराका सह–प्रध्यापक हुन् भने उनले लामो समय नेपाल ल क्याम्पस काठमाडौंमा समेत प्रध्यापन गरेका थिए । चिन्तनले मञ्जुश्री एकेडेमी खोल्ने भन्दै ठगी गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo