संसद्को बर्खे अधिवेशन अन्त्य गर्न सिफारिस, प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्दै

संसद्को बर्खे अधिवेशन अन्त्य गर्न सिफारिस, प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ । गत भदौ १२ गते एमालेका सांसद योगेश भट्टराईले सदनमा बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको ‘युद्ध’लाई ‘हिंसा’को संज्ञा दिएपछि माओवादी केन्द्रले सदनको अवरोध जारी राख्ने निर्णय गरेकाले आजको बैठक के हुने भन्ने अन्योल कायमै छ ।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने कार्यसूची छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालू बर्खे अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ ।

Skip This
Skip This
Logo