विप्लवलाई प्रतिवन्ध लगाएकोमा कांग्रेसको बिरोध

विप्लवलाई प्रतिवन्ध लगाएकोमा कांग्रेसको बिरोध

केन्द्रबिन्दु
0
Shares

सरकारले  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई कांग्रेसले विश्वासमा लिएर शान्ति प्रक्रियाको बाटोमा डोराएको स्मरण गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गरेका हुन् ।

‘‘पहाड जत्रै उचाइ बनाइसकेको ‘त्यो माओवादी’ लाई विश्वासमा लिन सक्ने ‘त्यो नेतृत्व क्षमता’ कांग्रेस नेतृत्वले हिजो प्रस्तुत गरेको थियोे,’’ प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन्, ‘‘आज सानो आकार र आयतनको तर आफ्नै गोत्र बन्धुलाई विश्वासमा गाँसेर मूल बाटोमा ल्याउन सक्ने क्षमताको दुःखी अभाव देखियो ।’’

सरकारले मंगलबार साँझ मन्त्रिपरिषदको बैठक बसी विप्लब नेतृत्वलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यो निर्णयको नेकपा भित्रै पनि बिरोध भैरहेको छ।

Skip This
Skip This
Logo