सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथमा श्राद्ध गरिँदै [तस्बिरहरू]

सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथमा श्राद्ध गरिँदै [तस्बिरहरू]

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । यसक्रममा आज पशुपतिमा श्राद्ध गर्नेहरू बिहानैदेखि आएर तर्पण दिइरहेका छन् ।

Logo