‘लुट्न सके लुटमा’ सारंगी रेट्दा यस्तो सुनियो (भिडियोमा)

‘लुट्न सके लुटमा’ सारंगी रेट्दा यस्तो सुनियो (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

गन्धर्व अर्थात गाइने समुदाय । नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख समुदाय । यो जातीको मुख्य वाहुल्य कास्की जिल्लाको बाटुलेचौर भएता पनि अन्य विभिन्न ६९ जिल्लामा बसोबास गर्दै आएका छन् ।

नेपाली लोकसंगीत र रंगमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, संवद्र्धन र विकासमा योगदान पु¥याउँदै आएका लोक जीवनका संवाहक गन्धर्वहरुको मौलिक वाद्यवादन हो सारंगी । नेपाल एक वनजङ्गल, भिरपाखा र खोलानालाले ढाकिएको देश हो ।

यहाँ आफ्नै प्रकारका स्थानीय क्रन्दन र सुसेलीहरु पाइन्छन् । विविध जातजाति तथा गाँउघरले भरिएको र विविध रीतिपरम्परा रहेको यो सुन्दर देशलाई आफ्ना पैतालाले नाप्दै, यिनै जातजाति, वनजङ्गल, भीरपाखा, र खोलानालासँग मितेरी लाउँदै नेपालका गीत,संगीत, लोक जीवन र लोक सँस्कृतिलाई गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् ।

नेपालको विभिन्न भूगोलमा बसोबास गर्ने विभिन्न समुदायका कला संस्कृतिहरु आधुनिकता र जातीय विभेदका कारणले पनि विस्तारै छायाँमा परिरहेको छ ।

गीत संगितलाई सारंगीका माध्यामबाट भरपुर मनोरञ्जन गराउँदै आएका व्यक्ति हुन् बिक्रम गन्धर्व । लामो समयदेखि पशुपतिक्षेत्रमा सारंगी रेट्दै आफ्नो जीविकोपार्जन गर्दै आएका उनले धेरै गीतहरुमा सारंगीको मीठो धून दिईसकेका छन् ।

गोकर्णका स्थायी बासिन्दा बिक्रम आफ्नो स्थायी घर सरकारलाई छोडेर अहिले सरकारले नै उपलब्ध गराएको घरमा बसीरहेका छन् । मेलामा एउटा खुट्टा भाँचिएपछि उनी गीतसंगीतको क्षेत्रमा त्यति लाग्न नसेकेको बताउँछन् ।

पछिल्लो समयमा खुट्टाले साथ नदिएकाले नै साथीहरुले कुनै पनि कार्यक्रममा उनलाई नबोलाएको उनको दुःखेसो छ । तर, पनि नेपाली गीतसंगीतलाई माया गर्ने उनी कतैबाट कसैले बोलाए भने टार्न नसक्ने बताउँछन् ।

Logo