नाममा किरात जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार : प्रदेश १

नाममा किरात जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार : प्रदेश १

केन्द्रबिन्दु
0
Shares

विराटनगर

प्रदेश १ को नामाकरण गर्दा ‘किराँत’ पहिचान जोड्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले ‘विवाद नहुने उपाय खोज्न’ निर्देशन दिएपछि मुख्यमन्त्री राईले नाम र राजधानीबारे संसदीय दलमा गृहकार्य थालेका छन् ।

प्रदेश संसद्को जारी हिउँदे अधिवेशनबाट नाम र राजधानीको मुद्दा टुंग्याउने तयारीमा रहेको प्रदेश सरकार सुरुदेखि नै यी दुई मुद्दामा आन्तरिक र सर्वपक्षीय छलफल थाती राख्दै पार्टी हेडक्वाटरको निर्देशन पर्खेर बसेको प्रदेश सरकारले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको निर्देशन आएपछि भने ती मुद्दामा छलफल थालेको हो । सत्तारूढ नेकपा स्रोतका अनुसार प्रदेशमा जारी पहिचानवादी आन्दोलन मत्थर हुनेगरी ‘कोसी’ वा ‘सगरमाथा’सँगै ‘किरात’ शब्द जोड्ने प्रस्ताव मुख्यमन्त्रीले प्रधानमन्त्रीसामु राखेका थिए ।

नाममा ‘किरात’ जोड्दा त्यसले विवाद ल्याउने र अन्यत्र पनि ‘जातीय नाम’को माग बढ्ने भन्दै प्रधानमन्त्री ओलीले अन्य उपाय खोज्न भनेका हुन् । ‘प्रदेशमा लामो समयदेखि लिम्बुवान लगायतको पहिचानवादी आन्दोलन जारी छ,’ नेकपाका ती नेताले भने, ‘तिनै आन्दोलन मत्थर हुनेगरी नाममा किरात जोड्ने प्रस्ताव मुख्यमन्त्रीले गर्नु भएको हो तर प्रधानमन्त्री मान्नु भएन ।’ उनका अनुसार प्रदेशको नाममा किरात शब्द जोडेपछि लिम्बुवान आन्दोलनकारीहरूले पनि विरोध गर्न नैतिक रूपमा गाह्रो हुने बुझाइ प्रदेश सरकारको थियो ।

‘तर सकेसम्म किरात शब्द राख्ने कुरामा हेडक्वाटरलाई मनाउने प्रयास भने जारी छ,’ ती नेताले भने । अर्का अध्यक्ष पुष्पकमल दाहाल किरात जोड्न सकारात्मक रहेका कारण आशा रहेको उनको भनाइ छ ।
नागरिकबाट

Logo