अमेरिका उडिन् काठमाडौँकी उपमेयर डंगोल

अमेरिका उडिन् काठमाडौँकी उपमेयर डंगोल

केन्द्रबिन्दु
135
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अमेरिका प्रस्थान गरेकी छिन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन उनी  बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उपप्रमुख डंगोल महासभा बैठकअन्तर्गतको समिट अफ द फ्युचरमा सहभागी हुने कार्यक्रम छ । भाद्र २७ गते महासभाको औपचारिक उद्घाटन भइसकेको छ । ‘कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ भन्ने नाराका साथ महासभा सुरु भएको हो ।

Skip This
Skip This
Logo