देवदहमा कांग्रेसको चक्काजाम

देवदहमा कांग्रेसको चक्काजाम

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको देवदहमा आफ्ना कार्यकर्ता हत्याको विरोधमा नेपाली कांग्रेसको तरुण दलले चक्काजाम गरेको छ । तरुण दलले मुख्य राजमार्ग दिउँसो २ बजेदेखि चक्काजाम गरेको हो  ।

गए राति रुपन्देहीको खैरेनी र घोडाहाका युवाबीचको झगडामा अनिश पुरीको मृत्यु भएको थियो । लाठी र ढुङ्गा प्रहार गरी हत्या गरिएका युवा नेपाल तरुण दल देवदह नगर सदस्यसमेत हुन् । टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पुर्याईएको थियो । लगत्तै उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । आफन्तजनले हत्यामा संलग्नलाइ कारबाही नभएसम्म पुरीको शव नबुझ्ने समेत निर्णय गरेका छन् ।

घटनाको अनुसन्धान गर्न प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर रानालगायत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिए ।

एक मात्र छोरा अनिषको मृत्युपछि उनका बुबा र आमा अचेत छन् ।

Skip This
Skip This
Logo