सीके राउतसँग आत्मसमर्पण गरेको होइन- गृहमन्त्री

सीके राउतसँग आत्मसमर्पण गरेको होइन- गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेश गठबन्धसंग सरकारले आत्मसमर्पण नगरेको बताएका छन्।

आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकार र सीके राउत समूहबीच भएको सहमतिका बारेमा प्रश्न उठाएपछि सरकारको तर्फबाट गृहमन्त्री थापाले संसदमा जानकारी गराएका थिए । उनले सहमति देशको लागि ठूलो उपलव्धि भएको बताएका छन्।

यो सम्झौताले देशको शान्ति सुरक्षालाई सुदृढ बनाउने गृहमन्त्री थापाको भनाइ थियो । उनले राष्ट्र विखण्डनको माग उठिरहेको शक्ति वा समूहसँग राजनीतिक सहमति गर्दा सबैले खुसी मनाउनु पर्ने र उत्साहित हुनुपर्ने गृहमन्त्री थापाले बताए । ‘खुसी मनाउनुपर्ने उत्साहीत हुनुपर्ने बेलामा कुरा उठ्नु आश्चर्यको कुरा हो’ थापाले संसदमा भने ।

सरकार र गठवन्धसँगको सहमति  कुनै पक्षको आत्मसमर्पण नभइ स्वाधिनताको रक्षाका लागि भएको गृहमन्त्री थापाले बताए । ‘जनअभिमत भन्ने शव्दलाई जनमतसंग्रहको रुपमा व्याख्या गर्न खोजिएको छ ।’

Skip This
Skip This
Logo