माया प्रेमको कुरामा निकै खुल्ला सोच राख्ने नायिका हुन् प्रियंका कार्की । त्यसैले पनि प्रियंका र आयुषमानको प्रेम सम्बन्ध खुल्ला किताब झै छर्लंग छ । उनीहरुले दुवै जनाको नाम जोडेर संयुक्त नाम जुराएका छन् आयंका ।
पछिल्लो समय निकै व्यस्त नायिका समेत हुन् प्रियंका। तर, आफू जति व्यस्त रहे पनि आफ्नो ‘लभ लाइफ’का लागि पनि उत्तिकै महत्व दिन्छिन् उनी । चाहे स्वमिङपुलमा होस वा सुटिङ सेटमा आयांका जोडी रोमान्स गर्न पछि पर्दैनन् । उनीहरु बेलाबखत चर्चामा आइरहन्छन्। यस अघि स्वमिङपुलको तस्विरदेखि अर्वाड समारोहमा गरेको किस प्रसङ्गले समेत उनीहरुलाई चर्चामा ल्यायो।
अहिले प्रियंका र आयुषमान छुट्टि मनाउन इन्डोनेसिया पुगेका छन् । आयांका जोडीले यति बेला इन्डोनेशियाको बालीमा रमाउँदै गरेका थुप्रै तस्विरहरु सामाजिक सञ्जालहरुमा सार्वजनिक गरेका छन् ।
आईतबार कार्कीले इन्स्टाग्राममा आफ्नो र प्रेमी आयुषमानको तस्विर सार्वजनिक गर्दै एउटा प्रेमिल क्याप्सन लेखेकी छन् । उनी लेख्छिन् ‘तिमीले मलाई जीवनभरको लागि वाचा गरेका छौं। र. मलाई विश्वास गर। म तिमी सँगै रहेर संसार हेर्नका लागि निकै आतुर छु ।’
उक्त तस्विरमा उनीहरु एकअर्कासँग निकै खुसी देखिएका छन् । आयांकाले केही महिना अघि पारिवारिक जमघटका बीच औँठी साटेका थिए । उनीहरु आउदो असारमा विवाह बन्धनमा बाधिने तयारीमा छन् ।


































प्रतिक्रिया