‘संसारमा बोक्सी भए सबैभन्दा पहिले मलाई नै खाओस्’- प्रधानमन्त्री

‘संसारमा बोक्सी भए सबैभन्दा पहिले मलाई नै खाओस्’- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले संसारमा बोक्सी नै नहुने भन्दै त्यसको पछि नलाग्न आग्रह गरेका छन्। नेकपा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा आयोजित आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बोक्सी हुँदैन । हुन्थ्यो भने चुनावमा टोकेर विरोधीलाई सकाउँथे। सांसारमा बोक्सी भए सबैभन्दा पहिले मलाई आएर खाओस्।’

तराइमा बोक्सी आरोप लगाएर कुटपिट हुने गरेको र यो सामन्तहरुले चलाएको कुरीति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई अन्त्य गर्न आग्रह समेत गरे।

प्रधानमन्त्री ओलीले  राष्ट्रिय जनता पार्टी(राजपा), नेपाललाई सरकारविरुद्ध नलाग्न समेत चेतावनी दिएका छन्। जनतालाई फकाइ फुल्याइ एकपटक झुक्याएर भोट पाउँदैमा सरकारविरुद्ध नलाग्न चेतावनी दिएका हुन्। उनले प्रदेश २ मा अर्को पटक नम्बर १ पार्टी हुने दाबी समेत गरे।

ओलीले दुई नं प्रदेशका सबै जिल्ला सदरमुकाम, राजमार्ग र सीमा नाका जोड्ने सडक चार लेनको बनाउने घोषणा गरे। उनले गरुडामा खानेपानी ट्याङ्की बनाउने, दमकल उपलब्ध गराउने प्रतिबद्धता जनाए।

 

गरुडामा नेकपाको कार्यक्रम शुरु (फोटोफिचर)

Skip This
Skip This
Logo