काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ ‘एपिक स्विफ्ट’ कारमा पाँच वर्षसम्म कुनै ‘रनिङ कस्ट’ नलाग्ने अफर ल्याएको छ ।
यस वर्षको दशैं तिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गर्दै कम्पनीले नयाँ ‘एपिक स्विफ्ट’मा इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि ‘रनिङ्ग’ खर्च नलाग्ने जानकारी दिएको हो ।
यस योजनाअन्तर्गत शून्य रनिङ्ग खर्चमा स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन भने सो अवधिका लागि मर्मतसम्भार र पीयमयस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि कुनै शुल्क लाग्ने छैन ।
फ्री अटो बीमा र एक्सेसरिजमा थप १ वर्षको बीमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरू पनि निःशुल्क पाइनेछ । थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनसमा बिक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्षपछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी दिएको छ । अब नयाँ स्विफ्ट ग्राहकहरूले ‘रनिङ्ग’ खर्चको बोझबिना ढुक्कले ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया