चन्द्रबन्दना बनिन् नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय रेफ्री

चन्द्रबन्दना बनिन् नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय रेफ्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रेफ्री चन्द्रबन्दना राई भलिबलको अन्तर्राष्ट्रिय रेफ्री भएकी छिन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले राईलाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता दिएको हो ।

यससँगै राई अन्तर्राष्ट्रिय रेफ्री हुने नेपालको पहिलो महिला रेफ्री बनेकी छिन् । एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउदै राईलाई अन्तर्राष्ट्रिय रेफ्री प्रदान गरिएको जनाएको छ ।

यस अघि रेफ्री कुलबहादुर राना अन्तर्राष्ट्रिय रेफ्री भएका थिए । नोभेम्बरमा बसेको बोर्ड बैठकले राई र राना अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ ।

राई र राना बढुवा भएसँगै नेपालबाट तीन जना अन्तर्राष्ट्रिय रेफ्री भएका छन् । यस अघि गौतम लासिवा मात्र अन्तर्राष्ट्रिय रेफ्री रहेका थिए ।

Skip This
Skip This
Logo