सीके राउतले अखण्ड नेपाल स्वीकार गर्ने, प्रधानमन्त्रीसँगै सम्बोधन गर्दै

सीके राउतले अखण्ड नेपाल स्वीकार गर्ने, प्रधानमन्त्रीसँगै सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । राज्य विप्लवको आरोपमा पक्राउ पर्ने र छुट्दै आएका डा. सीके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका हुन् ।

बिहिबार सर्वोच्च अदालतले राउतलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै उनी रिहा भईसकेका छन् । अलग मधेशको अभियान चलाउँदैं आएका राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने घोषणा गर्न लागेका हुन् ।

सरकारसँग भित्रभित्रै वार्ता गरेका राउतले शुक्रबार नै पृथकतावादी अभियान परित्यागको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा दिउँसो १ बजे एक कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राउतको पृथकतावादी अभियान समाप्त भएको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ ।

Skip This
Skip This
Logo