सशस्त्रमा ३२ सय ९७ जनशक्तिका लागि नयाँ भर्ना आह्वान

सशस्त्रमा ३२ सय ९७ जनशक्तिका लागि नयाँ भर्ना आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सशस्त्र प्रहरीले एकैपटक तीन हजार २९७ जना जवानको नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्रले शुक्रवार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी रूपमा पदपूर्ति हुनेछ।

पदपूर्तिको सूचना अनुसार खुलातर्फ एक हजार ७७७, महिला २९७, आदिवासी जनजाति ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर अशक्त प्रहरीका सन्ततिका लागि ३६ कोटा निर्धारण गरिएको छ।

चैत २५ गतेसम्म दरखास्त दिन सकिनेछ । वैशाख ३ गते सम्बन्धित कार्यालयहरूमा परीक्षा सञ्चालन हुनेछ। कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।

Skip This
Skip This
Logo