काठमाडौँ । दशैँ नजिकिएसँगै चङ्गा उडाउने गरिएको छ । तर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा यसपालि चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ ।
हवाइ सुरक्षामा गम्भीर असर पुग्नसक्ने भन्दै हवाइजहाज उड्ने क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन नउडाउन भनिएको हो । सूचनाको अवज्ञा गरे–गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।






























प्रतिक्रिया