दिल्ली सरकारद्वारा कामदारहरूको न्यूनतम पारिश्रमिक बढाउने निर्णय

दिल्ली सरकारद्वारा कामदारहरूको न्यूनतम पारिश्रमिक बढाउने निर्णय

केन्द्रबिन्दु
69
Shares

नयाँदिल्ली । दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपैयाँ प्रतिमहिना बढाउने निर्णय गरेको छ ।

दिल्लीका मुख्यमन्त्री आतिशी र श्रम मन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिएका हुन् ।

आतिशीले भनिन्, “पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सधैँ गरिबहरूको विरुद्धमा काम गरेको छ । उदाहरणका लागि, जब सन् २०१६–२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउने कुरा गर्‍यो, तब भाजपाले हामीलाई रोक्यो । अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको भाजपाले कडा विरोध गर्‍यो तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्यायो ।”

Skip This
Skip This
Logo