सरकारलाई दिएको समर्थन फिर्तासँगै राजपा आन्दोलनको तयारीमा

सरकारलाई दिएको समर्थन फिर्तासँगै राजपा आन्दोलनको तयारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्तासँगै फेरि मधेस आन्दोलन चर्काउने तयारी थालेको छ । सरकारलाई दिएको समर्थन उसले र्फिता लिँदैमा अकंगणतीय रूपमा केही फरक पर्दैन । सरकारको पक्षमा अहिले पनि प्रतिनिधिसभाका १ सय ९२ सांसदको समर्थन छ । जबकि दुईतिहाइ पुग्न १ सय ८४ सांसदको समर्थन भए पुग्छ ।

राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो आफ्नो दलको समर्थन र्फिताले सरकारलाई अकंगणीतमा केही फरक नपरे पनि मधेसको सेन्टिमेन्ट भने गुमाउने दाबी गरे । सरकारविरुद्ध आन्दोलन गर्ने जनाउँदै महतोले भने, ‘अबको आन्दोलन मधेस आन्दोलन या थरूहट आन्दोलन मात्र हुँदैन, अधिकार नपाएका र सरकारसँग रूष्ट भएका भएका परिवर्तनकारी, पहिचानवादी सबै शक्ति आन्दोलनमा आउनेछन् ।’ अब सुरू हुने आन्दोलन पूर्ण आन्दोलन हुने दाबी गर्दै उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबाट हामीलाई आन्दोलनमा जाने बाटो खुलेको छ ।’

संघीय समाजवादी फोरमका महासचिव रामसाह यादवले राजपाले गर्ने निर्णयबाट राजनीतिक रूपमा फोरमलाई फरक नपर्ने बताए । ‘राजपा र फोरम अलगअलग पार्टी हुन् । दुबै पार्टीले आ–आफ्नो निर्णय गर्न सक्छन्,’ उनले भने । यद्यपि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने दुःखद भएको उनले बताए ।

सरकारको कार्यशैलीप्रति फोरम पनि सन्तुष्ट नभएको बताउँदै उनले भने, ‘हामीले दुई महिना अघि सरकारलाई स्मरणपत्र पनि बुझाएका छौं । तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाउन हामीले सरकारलाई आग्रह गरेका छौं ।’ सरकार र फोरमवीच भएको दुइ बुँदे सम्झौता कार्यान्वयन नभएको गुनासो उनले गरे ।
नागरिकबाट

Skip This
Skip This
Logo