रेशम चौधरीलाई जन्म कैद गर्दा थारुहरुले भोलि देशभर प्रदर्शन गर्ने

रेशम चौधरीलाई जन्म कैद गर्दा थारुहरुले भोलि देशभर प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । थारु संघ, संगठनहरुले सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत, कैलालीको फैसलाको विरोधमा प्रदर्शन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा प्रर्दशन गर्न लागिएको हो ।

थारु कल्याणकारिणी सभा केन्द्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच थरुहटलगायतका संघ, संगठनहरुले अदालतको सो फैसलाको विरोधमा शुक्रबार अपरान्ह ३ बजे काठमाडौंको माईतीघर मण्डला र थारु समुदायको बाहुल्य रहेका तराईका जिल्ला सदरमुकामहरुमा प्रर्दशन गर्ने भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले आफूहरुमाथि राज्यले ठूलो अत्याचार र दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्न लागिएको जानकारी दिईन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले टिकापुर हत्याको घटनामा आफूहरुको संलग्नता नभएको भन्दाभन्दै पनि अहिले आएर निर्दोष सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।

टिकापुर घटना व्यक्तिगत नभई राजनीतिक भएकाले त्यसको समाधान पनि राज्यले राजनीतिक रुपमा गर्नुपर्ने अध्यक्ष चौधरीको माग छ ।

Skip This
Skip This
Logo