विप्लव कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोली चलायो

विप्लव कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोली चलायो

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु । प्रहरीले गोली चलाएर विप्लव समूहका एक नेतालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका –९ का दुर्गाबहादुर रोकालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

घरमा अवैध हतियार राखेको सूचना पाएपछि प्रहरी टोली छापा मार्न रोकाको घर पुगेको थियो । प्रहरी टोली घरमा पुग्दा उनी भाग्न खोजेका थिए । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि रोका भाग्न खोज्दा गोली चलाइएको हो । गोली लागेर उनी घाइते भएका छन् ।

खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको घरबाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।

File Photo

Logo