बारको धर्नाबीच सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस

बारको धर्नाबीच सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाठनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । उच्च अदालतको न्यायाधीशको वरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर वरीयतामा थिए ।

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले बैठक बोलाएर छलफल थालेपछि बिहान १० बजेदेखि नेपाल बार एसोसिएसनले पानीमा रुझ्दै विरोध स्वरूप धर्ना दिएको थिया । बलजफ्ती न्यायाधीश नियुक्तिको कोसिस भएको उनीहरुको आरोप छ ।

Skip This
Skip This
Logo