आइएमई पेबाट १ रूपैयाँमै हवाई टिकट पाइने

आइएमई पेबाट १ रूपैयाँमै हवाई टिकट पाइने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ ले दसैं, तिहार र छठलाई लक्षित गरी मात्र १ रूपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले १ रूपैयाँमा टिकट प्राप्त गर्नेछन्। भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको १ रूपैयाँ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन्।

साथै आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा ८१ रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ।

त्यस्तै, हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनेछन्। आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको जानकारी दिए।

साथै आइएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीहरुले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्नेछन्।

आइएमई पेका प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्ने समयमा ‘आइएमई पे रिफन्डेवल’ विकल्प सजिलैसँग स्विच गर्न सक्छन् र थोरै प्रिमियम तिरेर यसको फाईदा पूर्ण उठाउन सक्छन्। योजनाहरूमा परिवर्तन आउँदा प्रयोगकर्ताहरूले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध प्रारम्भ गर्न सक्नेछन्।

यो योजना असोज २३ गतेसम्म लागू हुनेछ।

Skip This
Skip This
Logo