काठमाडौँ
कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सव इन्जिनियर ह्रदयराज बजगाईँविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियारले बेलौरी नगरपालिका अन्तर्गत स्लोभ कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम रनिङ बिल फारक गराउने प्रयोजनको लागि घुस लिइरहेको अवस्थामा पक्राउ परेका सव इन्जिनियर बजगाईँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिइ गएको टोलीले सव इन्जिनियर बजगाईँले सेवाग्राहीसँग ६० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार भ्रष्टाचार निवारण ऐन जरिवाना र कैद सजाय हुन मागदाबी लिइ आरोपपत्र दायर गरिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया