केहि दिन अघि ‘न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी’ लेखिएको टिर्सट लगाएर प्रियंका कार्की र आयुष्मान देशराज जोशी धनुषा जिल्लाको विभिन्न विद्यालयमा पुगे ।
आयंका फाउण्डेशनले आयोजना गरेको महिनावारी सचेतना लगायत बिभिन्न कार्यक्रममा सहभागि हुन उनीहरु त्यहाँ पुगेका हुन् । प्रियंकालाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूत नियुक्त गरेसंगै उनीहरुको यो व्यस्तता बढेको हो ।
उक्त फाउन्डेसनले महिनावारी सम्बन्धी जनचेतना फैलाउन धनुषा जिल्लाबाट सुरुवात थालेका हुन् । उनीहरुले यो अभियान पुरै देशभरको विद्यालयमा गर्ने योजनाा बनाएका छन् । उनीहरुले महिनावारीप्रति आम मानिसहरुमा रहेको नकारात्मक धारणालाई चिर्नको लागि यो अभियानको सुरुवात गरेका हुन् ।
आयंका फाउन्डेसनले सुरुवात गरेको पहिलो श्री निमावि हरिपुर निगाहपुर विद्यालयमा नायिका प्रियंका कार्कीले आफ्नो जन्मदिन मनाएकी हुन् । उनले विद्यालय पुगेर विद्यार्थीहरु माझ तिथि अनुसारले आफ्नो ३३ औं जन्मदिन मनाइन् ।
उनी फेब्रुअरी २७ सन् १९८७ मा जन्मेकी हुन् । तर तिथिले उनको शिवरात्रीको दिन जन्म भएको हो । केक काट्दै उनले आफ्नो नयाँ कामको सुरुवात पनि आफ्नो जन्मदिनकै दिन देखि थालनी गरेको बताइन् । केक काट्दा त्यहाँ उपस्थित विद्यार्थीहरुले ‘ह्याप्पी बर्थ डे टू यू प्रियंका’ भन्दै विश गरे ।





























प्रतिक्रिया