काठमाडौं । बाग्मतीको पानीबाट २२ मेगावाट विजुली निकालिएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-८ मा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा हाइड्रोपावर बनेको हो । त्यसको चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्नेछ । बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ ।
काठमाडौंबाट बगेर गएको पानीलाई सदुपयोग गर्दै आयोजनाले २२ मेगावाट विद्युत् उत्पादन गरेको हो । परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यवसायिक रुपमा नै राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने गरी हाल प्राविधिक परीक्षणको काम भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
माण्डु हाइड्रोले निर्माण गरेको यो आयोजनामा विद्युत् उत्पादनका लागि चाहिने प्रतिसेकेन्ड १२ दश्मलब ४ क्युसेक पानी पठाउने गरी ३ दश्मलब ७ मिटर चौंडा र ३ दश्मलब ८ डायोमिटर रहेको २ हजार ४ सय ४१ मिटर लामो हेडरेष्ट टनेल बनाइएको छ ।
हाइड्रोका लागि आवश्यक ३ सय १३ मिटर लामो ग्रेसहेड टनेलको निर्माणसहित सभिल, पावरहाउस, पेनस्टकको काम नेपाली कम्पनी एसिएन इन्फ्रास्ट्रक्चर प्रालिले १ अर्ब २९ करोड रुपैयाँमा गरेको हो ।
२०७२ जेठबाट निर्माण थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रशारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टाबर निर्माणको काम गरेको छ ।
बागमतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाई कुलेखानी, बाग्मती र कोगटेको पानी छेकेर सुरुङमार्फत इपाको बगरबेसीमा विद्युत् उत्पादन गरिन लागेको हो ।































प्रतिक्रिया