तपाईंले पशुपतिनाथ मन्दिरको ठीक पूर्वतिर बाग्मती नदीको किनारमा उभिएको एउटा मूर्ति नियाल्नु भएको छ ? यो मूर्ति जमीनमा आधा मात्र देखिन्छ । र, विश्वास गरिएको छ, यो मूर्तिको आधा भाग जमीन भित्र छ । एउटा रोचक भनाइ छ, कि यो मूर्ति क्रमश: निश्कदैछ । र डरलाग्दो भविष्यबाणी गरिन्छ, यो मूर्ति पूर्णरुपमा निस्किएका दिन यो युग नै सकिन्छ । अर्थात सकिन्छ कलियुग । यस्तो डरलाग्दो भविश्यबाणी गर्ने मूर्तिको नाम हो, बिरुपाक्षको मूर्ति । अर्को शब्दमा भन्नुपर्दा कलिको मूर्ति ।
१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुगको शुरुवात शास्त्रहरुका अनुसार महाभारत युद्ध सकिएको केही वर्ष पछि ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास गरिन्छ । कलियुगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।
जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । अर्थात यो मूर्ति पूर्णरुपमा बाहिर निस्किएपछि कलियुगको अन्त्य हुने विश्वास गरिन्छ ।
कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ । तर पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्ने बताइएको छ । यसै सन्दर्भमा हामीले बिरुपाक्ष मन्दिरका पूजारी मदन भट्टसँग कुराकानी गरेका छौँ:































प्रतिक्रिया