बाढीको प्रभाव कम हुँदै, तत्कालका लागि थप बाढीको जोखिम नरहने

बाढीको प्रभाव कम हुँदै, तत्कालका लागि थप बाढीको जोखिम नरहने

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले सबै नदीहरूमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने जानकारी दिए ।

“बाढी आएका अधिकांश नदीहरुमा पानीको सहत घट्ने क्रममा छ, विस्तारै नदीमा पानीको सतह कम हुँदै जाने छ”, उनले भने, “अब मनसुन पनि सकिन लाग्यो, अहिलेको जस्तो विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम छ ।”

Skip This
Skip This
Logo