महासभामा नेपालमा अभ्यास भइरहेको लोकतन्त्रबारे बुझाएको छुः प्रधानमन्त्री ओली

महासभामा नेपालमा अभ्यास भइरहेको लोकतन्त्रबारे बुझाएको छुः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्ति गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भइ स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री ओलीले बाढी पहिरोमा परि मृत्यु हुनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत पुर्याउने कार्यमा कमि नआउने बताएका हुन् ।

उनले भने, ‘म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले जनधनमा क्षति पुर्यायो । सयौँ जनताको मृत्यु भयो । केही अझै बेपत्ता हुनुहुन्छ । सयौँ घाइते हुनुहुन्छ । म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी छ । सुझबुझ र धैर्यताको लागि देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गर्दछु । सरकार यहाँहरूकै हो । यस विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’

यसको साथै, उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा अभ्यास गरिँदै आएको परिपूर्ण लोकतन्त्र तथा यसका आधारभूत पक्षहरु मानव अधिकार, लैगिंक समानता, कानूनको शासन, सामाजिक न्याय र सामाजिक सुरक्षाको विषयमा प्रकाश पारेको बताए ।

Skip This
Skip This
Logo