अखिल नेपाल फुटबल संघ एन्फाले नयन लोगो र जर्सी सार्वजनिक गरेको छ । एन्फाले सोमबार राजधानीमा सस्थाको नयाँ लोगो र टिमले लगाउने जर्सीको नयाँ डिजाइन सार्वजनिक गरेको हो । एन्फाले गरेको कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले लोगो सार्वजनिक गरेका हुन् ।
पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार पारेका हुन् । कार्यक्रममा लोगो डिजाइन गर्ने सन्दीप तिवारीलाई नगद ५० हजारसहित सम्मान पनि गरिएको छ । नयाँ लोगोको माथिल्लो भागमा सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको र ती फुटबलले ७ वटै प्रदेशलाई बुझाउने डिजाइनर तिवारीले जानकारी दिए । यस्तै नेपाली खेलाडीले प्रयोग गर्ने जर्सीको रङ पनि पहिला जस्तै रातो र निलो नै हुने छ । तर, जर्सीमा प्रयोग हुने लागोको स्थान भने परिवर्तन भएको छ ।

डिजाइनर तिवारीका अनुसार जर्सीको अघिल्लो भागमा सर्वोच्च शिखर सगरमाथा, बायाँ पट्टि एन्फाको लोगो र जर्सीको पछाडि राष्ट्रिय झण्डा हुनेछ । सोमबार नै एन्फाले फुटबल गीत पनि सार्वजनिक गरेको छ । राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाले नै फुटबल संङ रचेका छन् ।































प्रतिक्रिया