चलचित्र ‘साइँली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २३ सिकेण्ड लामो ट्रेलरमा माया, प्रेम, मित्रता, गरिबी र त्यसबाट उत्पन्न हुने समस्याहरुलाई देखाइएको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा (साइँली) अर्थात नायिका मेनुका प्रधान र नायक गौरव पहारीलाई गहिरो प्रेममा देखाइएको छ । यस चलचित्रमा मेनुका र गौरवसँगै दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुष्कर गुरुङ, किरण चाम्लिङ राई, सुष्मा निरौला अरुणा कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
जीएच इन्टरनेटमेन्टको ब्यानरमा बनेको चलचित्रमा विशाल गुरुङ, मोहन राना मगरको निर्माण, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ । साइँली आउदो चैत्र १५ गतेदेखि देशभर प्रर्दशनमा आउँदैछ ।































प्रतिक्रिया