सार्वजनिक सुनवाइ गर्न चितवन जाँदै रवि: पार्टीको झण्डा, ब्यानर र लोगो नलगाउन अनुरोध

सार्वजनिक सुनवाइ गर्न चितवन जाँदै रवि: पार्टीको झण्डा, ब्यानर र लोगो नलगाउन अनुरोध

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले असोज १८ गते चितवनमा सार्वजनिक सुनुवाइ गर्ने भएका छन् ।

आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन जाने उनले फेसबुकमार्फत जानकारी गराएका छन् ।

आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता दिन आफू चितवन जान लागेको उनले बताएका छन् ।

‘सबै मतदातालाई आफ्नो प्रश्नसहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु । साथै, जनसरोकारको विषयमा गरिएको र राज्य–समाजका सबै सरोकारवाला सहभागी हुने भएकोले यो कार्यक्रममा पार्टीको झण्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ ।’ उनले लेखेका छन् ।

Logo