आफैंले बोकेको राइफलको गोलीले सैनिक जवानको मृत्यु

आफैंले बोकेको राइफलको गोलीले सैनिक जवानको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनकुटा । आफैंले बोकेको हतियारको गोलीबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको हो ।

जोशीले नै बोकेको एम १६ राइफलको गोली लागेर उनी गए राति गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको राति नै मृत्यु भएको नेपाली सेनाको जङ्गी अड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए । गणको डियूटीमा रहेका जोशीले आफैंलाई किन गोली हाने भन्ने विषयमा छानबिन भइरहेको ढकालको भनाई छ ।

File Photo

Skip This
Skip This
Logo