एउटै पिङमा मच्चिए प्रदिप र जसिता

एउटै पिङमा मच्चिए प्रदिप र जसिता

केन्द्रबिन्दु
0
Shares

चैत्र २२ गतेदेखि प्रर्दशनको लागि तयार रहेको चलचित्र ‘लभ स्टेसन’ को ‘फस्टलुक पोष्टर’ सार्वजनिक भएको छ ।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङ अटाएका छन् । साथै उक्त पोष्टरमा प्रदिप र जसिता रोमान्टिक मुडमा देखिएका छन् । उज्जवल घिमिरे निर्देशित यो चलचित्र लभ स्टोरी जनारामा निर्माण गरिएको छ । लभ स्टेसनलाई गोबिन्द शाही, कृशु शाही (काफिया) र कबिर विक्रम शाहीले संयुक्त निर्माण गरेका हुन् ।

यसअघि नै नायक प्रदिप खड्का र जसिता गुरुङले चलचित्र ‘लिलिबिली’ मा एकसाथ काम गरिसकेका छन् । लिलिबिलीमा उनीहरुको केमेस्ट्री दर्शकहरुले निकै रुचाएका थिए ।

Skip This
Skip This
Logo