काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्षद्धयले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न धुम्बाराहीमा विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ ।
पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर दिउँसो १२ बजेसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पतालमा निधन भएको थियो ।































प्रतिक्रिया