भारत नियन्त्रित काश्मिरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु ,३० घाइते

भारत नियन्त्रित काश्मिरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु ,३० घाइते

केन्द्रबिन्दु
0
Shares

श्रीनगर

भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् । यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधाम्पुर जिल्लाको माजाल्तामा शुक्रबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

घाइतेलाई उपचारका लागि तत्कालै जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा लगिएको उनीहरुको भनाइ छ । प्रहरीका अनुसार बसले स्थानीय यात्रु बोकेको थियो । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको पनि बताएका छन् ।

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुने गरेको छ भने दुर्घटनाका कारण बर्षेनी हजारौँको मृत्यु हुने गरेको छ ।

विषेश गरेर सवारी साधन र सडकको अवस्था ठिक नरहनु, चालकको लापर्वाही लगायतका कारणले भारतमा धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् ।
रासस/सिन्ह्वा

Skip This
Skip This
Logo