काठमाडौं । नायक नायिका भन्दा जिउडाल मिलेको, बढी हाईट भएको हुन्छ भन्ने मान्यता छ । तर यसको कुनै सर्वमान्य मापदण्ड भने छैन । जसलाई अभिनय गर्न आउँछ त्यो पनि नायक नायिका बन्न सक्छ । जसले उक्त पात्रमा राम्रो अभिनय अर्थात भिजेर गर्न सक्छ, त्यसले नै चर्चा पाउँछ । तरपनि उनीहरुको हाईटदेखि जिउडाल सम्म मिलेको हुनुपर्छ ।
अरुभन्दा सुन्दर देखिने हुनुपर्छ । यसलाई अघोषित मापदण्ड भन्दा पनि फरक पर्दैन । कलाकारिता क्षेत्रमा सुन्दरताका साथै उस भित्रको प्रतिभा अर्थात् कलालाई बिशेष महत्व दिईन्छ । साथै कला मात्र नभएर उनीहरुको सुन्दरता र शारिरीक बनावटले पनि निकै महत्व राख्छ ।
नेपाली चलचित्रमा पनि सुन्दरता र अभिनयले महत्व पाएकै छ । हाइट सुन्दरताकै एउटा हाँगोको रुपमा स्थापित रहेको हुन्छ । विशेषगरी नायिकाहरुको सुन्दरता बढी खोजिन्छ । उनीहरुको उचाई, तौल, रुप आदी कुरामा बढी ध्यान दिईन्छ । नेपाली चलचित्र क्षेत्रमा ५ फिट ५ ईन्च हाईट भएका नायिकाहरु धेरै छन् ।
चलेका अभिनेत्रीहरु आँचल शर्मा ५ फिट ५ ईन्चकी छिन् भने, अर्की चलेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पनि ५ फिट ५ ईन्चकै छिन् । तर नेपाली हिरोईन ५ फिट ५ ईन्च सम्मकी मात्र छैनन् । उनीहरु भन्दा पनि अग्ला छन् । उनीहरुको उचाई गुगल, उनीहरु नजिकका साथीभाइ र विभिन्न समयमा समाचार बनेका प्रसंगलाई आधार मानेर तयार गरेका हौं । हेर्नुहोस तलको भिडियोमाः































प्रतिक्रिया