निर्मलाको परिवारलाई भेट्दैं देउवाले भने, ‘न्यायको लागि निरन्तर खवरदारी गर्छु’

निर्मलाको परिवारलाई भेट्दैं देउवाले भने, ‘न्यायको लागि निरन्तर खवरदारी गर्छु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको परिवारलाई भेटेका छन्। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तका परिवारलाई आज बिहान भेट गरेका हुन् ।

भेटपछि देउवाले निर्मलाको न्यायका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाए । भेटे गरेको कुराको जानकारी देउवाले सामाजिक सञ्जाल मार्फत दिएका छन् ।

उनले लेखेका छन्, ‘आज कंचनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे। निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होईन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो।निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिवद्धता गरेको छु।’

गत साउन १० गते हत्या गरिएकी निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन् । यो बीचमा छोरीको न्यायको माग गर्दै निर्मलाका आमा बाबु धर्नामा बसेका थिए । १ सय ५ दिन धर्नामा बस्दा पनि हत्यारा पत्ता लाग्न नसकेपछि उनीहरुले धर्ना स्थगित गरेका थिए ।

Skip This
Skip This
Logo