काठमाडौं । सत्तारुढ दल नेकपा नेता योगेश भट्टराईले अब भीआईपीहरुको उडानसम्बन्ध आचारसंहिता बनाउनुपर्ने बताएका छन् । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सातै जनाको पार्थिव शरिरमा श्रद्धाञ्जली दिँदैं नेता भट्टराईले भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका हुन् ।
प्रतिधिनिसभा सदस्य समेत रहेका नेता भट्टराईले पाथीभराको हेलिकोप्टर उडानमा सावधानी नपुगेको बताए । अब कोड अफ कन्डक्ट तथा आचारसंहिता बनाएर सर्वसाधारण र भीआईपीको उडान गर्नुपर्नेमा उनको जोड छ ।
आफूले रविन्द्र अधिकारीलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, जनताले विश्वास गर्न सक्ने व्यक्तिको रुपमा बुझेको भट्टराईले बताए ।
मन्त्री अधिकारीले अन्तरराष्ट्रिय एयरपोर्टलाई सुधार्ने, २१र२२ घन्टा चलाउने, भैरहवा पोखरा विमानस्थलमा तदरुकता देखाउने, निजगढमा छिटो अगाडि बढ्ने, विमानस्थल स्तरोन्तिमा लाग्ने, भ्रमण वर्ष २०२० घोषण गरेर योजना बनाउने जस्ता प्रगतिहरु गरेको भट्टराईले सुनाए ।































प्रतिक्रिया