काठमाडौं । नेपालका तीन क्रिकेटर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा परेका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी परेका हुन् ।
वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औँ स्थानमा उक्लिएका छन् । ७६ अकं पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महिना पारस ४० औँ स्थानमा रहेका थिए । उनी ब्याटिङमा भने दुई स्थान तल झर्दै ९२ औँ स्थानमा पुगेमा छन् ।
युएईमा हालै सम्पन्न टि–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन् । अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५० औँ स्थानमा रहेका छन् ।
यसअघि सोमपाल ५१ औँ स्थानमा थिए । त्यस्तै समान ४० अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१ औँ स्थानमा छन् ।































प्रतिक्रिया