पाँचथर पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज (फागुन १७) गते अन्तिम दिन रहेको छ । फागुन १६ गते अन्तिम दिन रहेकोमा हिजो सरकारले सार्वजनिक विदा दिएकोले १७ गते सम्म आवेदन दिन मिल्ने गरी समय थप गरिएको थियो ।
कम्पनीको आईपिओमा बुधबार नै माग भन्दा बढीको आवेदन परेको छ । बुधबार बेलुकी सम्ममा ५० हजार आवेदकबाट २१ लाख ५० हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । तेस्रो दिनसम्म २१ करोड ५० लाख रुपैयाँको आवेदन परेको हो ।
कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ९ सय ६ सय २० कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी ७३ साल माघ २२ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।































प्रतिक्रिया